कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा सञ्चारकर्मीहरु सम्मानित

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले नेपाल पत्रकार महासंघ मोरङको विभिन्न पदमा निर्वाचित सञ्चारकर्मीहरुलाई बधाई तथा सम्मान गरेको छ ।

बिहिबार नगरपालिकाले उत्तरी मोरङलाई कार्य क्षेत्र बनाई महासंघको विभिन्न पदमा निर्वाचित सञ्चारकर्मीहरुलाई बधाई तथा सम्मान गरेको हो । नगरापालिकाले सञ्चारकर्मी बाबुराम निरौला, रेवती निरौला र खनेन्द्र राई (अर्जुन) लाई बधाई त्था सम्मान गरेको हो ।

सुन्दरहरैंचा कार्यक्षेत्र बनाई सञ्चार क्षेत्रमा सकृय रहेका बाबुराम निरौला नेपाल पत्रकार महासंघ मोरङको सदस्यमा , लेटाङका रेवती निरौला सह-सचिवमा र बेलबारीलाई खनेन्द्र राई(अर्जुन) नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सदस्यमा निर्वाचित भएका थिए ।

कार्यक्रममा सञ्चारकर्मीहरुलाई बधाई दिदै नगरप्रमुख केदारप्रसाद गुरागाईले सुन्दरहरैंचामा उत्तरी मोरङको समेत प्रतिनिधित्व हुने गरि सञ्चार ग्राम निर्माण गर्ने बताएका छन ।

कार्यक्रममा सञ्चारकर्मीहरुलाई  सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकली चौधरी, प्रमुख प्रशासकिय अधिकृत विनौद न्यौपाने र नगर प्रवक्ता रोशनप्रसाद ढकालले खादा र सम्मान पत्र प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *