
सुन्दरहरैंचा । ब्लड क्यान्सरबाट पीडित एक युवाको उपचार खर्चका लागि सहयोगको याचना गरिएको छ ।सुन्दरहरैंचा नगरपालिका वडा नं ९ निवासी वर्ष १८ का शुभम थापाको आर्थिक समस्याका कारण उपचार हुन नसकेपछी उनको परिवारले सहयोगको लागि हात फैलाएका हुन ।


विगत ४ महिनाबाट ब्लड क्यान्सर रोग लागि टिचिङ अस्पताल काठमाडौंमा उपचाररत रहेकोमा हाल थप उपचारका लागि दिल्ली लानु पर्ने भएको साथै परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको कारण परिवारले उपचारका लागि सहयोगको हात फैलाएको हो ।

पीडित परिवारले ‘दिपकबहादुर थापा’ को नाममा रहेको सिटिजन बैंकको ०२२०१०००००५४००४५ खाता नम्बर र यही खाताको क्यूआर कोडमा आर्थिक सहयोग उपलब्ध गराउन अनुरोध गरेको छ ।










