
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ स्थित आइतवारे चौकमा लायन्स क्लब अफ विराटचौक सिटिको नेतृत्वमा नयाँ घर निर्माण बनाइने भएको छ ।


करिब ५ लाखको लागतमा आइतबारे चौकमा रहेको एक विपन्न परिवारको लागि दुई कोठे घर निर्माण गरिदिने लायन्स विराटचौक सिटिका अध्यक्ष सुमन गजमेरले बताए ।


उक्त निर्माण हुने घरको आज लायन्स डिस्ट्रीक ३२५ सिका डिस्ट्रीक गभर्नर विकास अधिकारीको उपस्थितिमा शिलन्यास गरिएको छ । लायन्सका प्रतिनिधिबाट घर निर्माणमा योगदान हुनसक्ने सिटिका अध्यक्ष गजमेरले बताए ।
लायन्स मनिता दंगाल, लायन्स नगेन्द्र दाहाल, लायन्स रोहित शाह, लायन्स टेकमणी न्यौपाने, लायन्स सुमन गजमेर लगायत ले घर निर्मण हुँदा लाग्ने सामाग्रीहरु उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन ।

शिलन्यास कार्यक्रममा लायन्स क्लब अफ इन्द्रपुर, लायन्स खोर्साने, लायन्स विराटचौक सिटिका पदाधिकारी, सुन्दरहरैंचा नगरपालिका वडा नं ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठ तथा स्थानियवासीहरुको उपस्थिती रहेको थियो ।










