कोशी प्रदेश मुख्य समाचार

मोटरसाइकल दुर्घटनामा सुन्दरहरैंचाका सुमनको मृत्यु

धनकुटा । कोशी राजमार्गको धनकुटा–हिले खण्डमा आइतबार अपरान्ह ५ः२० बजे मोटरसाइकल र पिकअप गाडी ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडि बसेका सुन्दरहरैँचा नगरपालिका वडा नं ८ का ३२ वर्षीय सुमन सुवेदी रहेको प्रहरीले जनाएको छ ।

प्रदेश १–०२ ०५३ प ३१६८ नम्बरको उक्त मोटरसाइकललाई सोही दिशाबाट हिलेतर्फ जाँदै गरेको प्रदेश १–०४ ००१ च १३३६ नंबरको पिकअपले घुम्तीमा ठक्कर दिएको प्रहरीको भनाइ छ । मोटरसाइकल चालक दिपेश ढकाल रहेका थिए ।

ठक्कर दिने पिकअप गाडीका चालक लक्ष्मण राई र मोटरसाइकल चालक ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *