खेल मुख्य समाचार

दोस्रो ‘एसीयन सुटिङबल कम्पिटिसन’ इटहरीमा शुरु

इटहरी । सुनसरीको इटहरीमा दोस्रो ‘एसीयन सुटिङबल कम्पिटिसन’ सुरु भएको छ । प्रतियोगीतामा नेपालसहित ४ देशले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगीतामा नेपाल, भारत, बांगलादेश र पाकिस्तान सहभागी छन् ।

प्रतियोगीताको उद्घाटन सत्रमा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री अन्तराष्टिय प्रतियोगीता कोशी प्रदेशमा आयोजना गर्न पाउनु गौरवको विषय भएको बताउदै यो प्रतियोगीताले चार देशबीच भावनात्मक एकता बढाउन र मित्रराष्ट विचको सम्बन्ध सुदृढ गर्ने माध्यम बन्ने उनले बताएका छन ।

चार देश सहभागी प्रतियोगीता भोलीसम्म चल्नेछ । कार्यक्रममा मन्त्री भण्डारीसँगै एसीयन सुटिङबल फेडरेसनका उपाध्यक्ष केशव विष्ट, महासचिव रविन्द्रसिंह तमोर, प्रदेश सांसद मीना श्रेष्ठ, प्रदेश खेलकुद विकास बोर्डका सदस्य शैलेस विष्ट, नेपाल सुटिङबल एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रविण केसीको सहभागिता थियो ।

गत वर्ष भारतको नयाँ दिल्लीमा भएको सुटिङबल वल्र्ड च्याम्पियनसीपमा नेपाल महिला र पुरुष दुई तर्फ तेस्रो भएको थियो । उक्त च्याम्पियनसीपमा ११ देश सहभागी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *