कोशी प्रदेश मुख्य समाचार

लायन्स क्लब खोर्सानेद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न

सुन्दरहरैंचा । लायन्स क्लब अफ खोर्सानेले मोरङको सुन्दरहरैंचा नगरपालिकामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

लायन्स क्लब अफ खोर्सानेले वडा नं १२ स्थित मिलन चौकको सडक किनारमा वृक्षरोपण गरेको लायन्स क्लब अफ खोर्सानेका संस्थापक अध्यक्ष विप्लब बस्नेतले बताए ।

मिलन चैकबाट दक्षिण जाने सडकको दुई किनारमा विभिन्न जातका एक सय वटा बिरुवा रोपेको लायन्स क्लब अफ खोर्सानेका अध्यक्ष ओमकुमार श्रेष्ठले बताए । उनले हाल एक सय वटा बिरुवा रोपिए पनि वृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिएको अध्यक्ष श्रेष्ठले बताए ।

वृक्षरोपण कार्यक्रममा सुन्दरहरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाई, वडा नं १२ का वडाध्यक्ष रोशनप्रसाद ढकाल, लायन्स क्लबका विभिन्न पदाधिकारी तथा स्थानियबासीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *