
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -१० मा रहेको हिमालय इंगलिस स्कुलले दीक्षान्त तथा पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न गरेको छ । युकेजीबाट उतिर्ण भएर कक्षा १ मा अध्यनरत विद्यार्थी ३५ जना र कक्षा ५ बाट उतिर्ण २४ जनालाई दीक्षित गरिएको स्कुलका प्रिन्सिपल कमल खनालले बताए ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगर प्रवक्ता रोशनप्रसाद ढकालले शिक्षामा सिमित स्रोतबाट असीमित आवश्यकता पुरा गर्न नगरपालिकाले नयाँ कार्यक्रम ल्याउन र शैक्षिक हवको रुपमा बिकास गर्न जोड दिएको बताउएका छन ।

उक्त दिक्षान्त कार्यक्रमको अवसरमा स्कुलले कक्षागत हिसाबले उत्कृष्ट अंक ल्याएर उतिर्ण हुने विधार्थीलाई हौसला प्रदान गर्न पुरस्कार समेत वितरण गरेको थियो ।सो कार्यक्रममा बिबिध संस्कृतिक कार्यक्रम, तेक्वान्दो कला प्रदर्शनी तथा विधार्थीले बिभिन्न बिषयमा वक्तृत्व कला प्रस्तुत गरेका थिए। सो अवसरमा एन प्याबसन नगर अध्यक्ष खगेन्द्र धिमाल लगायत बिभिन्न क्षेत्रका शिक्षाप्रेमी, अभिभावकको समेत उपस्थिति रहेको थियो।









