कोशी प्रदेश मुख्य समाचार

सुकुना क्याम्पसमा रक्तदान कार्यक्रम हुने

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । पुर्व विधार्थी समाजको सुकुना बहुमुखी क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम हुन लागेको हो ।

रगत दान गर्दा कसैको जिबन बचाउने सकिने भएकोले रक्तदानको जनचेतना अभिबृद्धी गर्न तथा रक्त अभावलाई केहि हदसम्म समाधान गर्न कार्यक्रम आयोजना गरिएको समाजका सचिव अर्जुन गजुरेलले बताएका छन् ।

सुकुना बहुमुखी क्याम्पसमा केही दिन अघि मत्र पुर्व विधार्थी समाजको पुनर्गठन गरिएको थियो । सुकुनामा पढ्ने विधार्थी र क्याम्पसको विकास गर्नको लागि उक्त समाजको पुनर्गठन गरिएको हो ।  रक्तदान कार्यक्रम मंसिर २६ गते क्याम्पसको प्रागणमा हुने सचिव गजुरेलले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *