मनोरञ्जन मुख्य समाचार

भाउन्नेमा ‘न्यु ईअर ईभ २०८२’ सांस्कृतिक कार्यक्रम हुने

बेलबारी । बेलबारीमा रहेको डांगीहाट फुटबल क्लबले नयाँ वर्ष २०८२ को अवसरमा ‘न्यु ईअर ईभ २०८२’ नामक सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। क्लबले बेलबारी-१० स्थित प्रस्तावित डांगीहाट रंगशालामा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिएको हो।

कार्यक्रम चैत्र ३१ गते साँझ ६ बजेबाट सुरु हुने क्लबले जनाएको छ। क्लबले खेलकुदको विकास र युवाहरुलाई सकारात्मक दिशातर्फ डो-याउने उद्देश्यले यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको अध्यक्ष छत्र लिम्बुले बताए।

कार्यक्रम संयोजक विशाल ढकालका अनुसार कार्यक्रममा गायक एकदेब लिम्बु, बबिना किराती, मेचु धिमाल, कृष्णभक्त राई, लक्ष्मी पौडेल, मोडल दिकिला शेर्पा र स्थानीय ‘द्रब्य ब्याण्ड’ लगायतका कलाकारहरूको विशेष प्रस्तुति रहनेछ।

कार्यक्रमको अनुमानित लागत १६ लाख ५० हजार रुपैयाँ रहेको छ। स्थानीय सरकार, संघ–संस्था तथा विभिन्न व्यवसायिक साझेदारहरूको सहयोगमा कार्यक्रम सम्पन्न गरिने जानकारी दिइएको छ।

डांगीहाट क्षेत्रको खेलकुद पूर्वाधार निर्माण तथा सामाजिक कार्यमा खर्च गर्न संकलित रकम उपयोग गरिने क्लबले जनाएको छ। कार्यक्रममा करिब ४,००० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *