कोशी प्रदेश मुख्य समाचार

योजना छनौट गर्दै सांसद सुनिल शर्मा

सुन्दरहरैंचा । नेपाली काङ्ग्रेसबाट निर्वाचित मोरङ क्षेत्र नं ३ का सांसद सुनिल शर्माले आफ्नो क्षेत्रभरी योजना छनौटको कार्यलाई अगाडी बढाएका छन् ।

योजना छनौट गरी संघिय सरकारलाई सिफारिस गर्न योजना छनौट गरिएको हो । शनिबार सांसद शर्माको स्वकिय सचिव विवेक लिम्बुको उपस्थितिमा सुन्दरहरैंचा नगरपालिका वडा नं ११ मा योजना छनौट गरिएको छ ।

नेपाली काङ्ग्रेस सुन्दरहरैंचा नगरपालिका वडा नं ११ को नेतृत्वमा वडाका महत्त्वपूर्ण योजनाहरू छनौट गरिएको हो । शर्माका स्वकिय सचिव लिम्बुका अनुसार क्षेत्र नं ३ का सबै वडाबाट योजना माग गरी महत्त्वपूर्ण योजनाहरू संघिय सरकार समक्ष सिफारिस गरिनेछ ।

शनिबार नेपाली काङ्ग्रेस सुन्दरहरैंचा नगरपालिका वडा नं ११ को भेलाले १२ वटा महत्त्वपूर्ण योजनाहरू माग गरेको हो   । नेपाली काङ्ग्रेस सुन्दरहरैंचा नगर कार्य समितिले समेत नगरको बैठक बसेर क्षेत्र नं ३ भित्र पर्ने ६ वटा वडाका लागि छुट्टै योजना माग गर्ने तयारी गरिरहेको नगर सचिव दिलीप थापाले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *