कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाबाट तास खेलिरहेका सातजना पक्राउ

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० बाट तास खेलिरहेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । वडा नं १० खोर्साने स्थित प्रतिभा टोलबाट प्रहरीले शनिबार साझ तास खेलिरहेका सातजनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनिहरुको साथबाट नगद रु ६८ हजार एक सय पन्ध्र रुपैया समेत बरामद गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैंचा वडा नं १० बस्ने घरधनी प्रेमबहादुर चौहान, केराबारी गाउँपालिका वडा नं ६ बस्ने रोबिनकुमार घिमिरे, सुन्दरहरैंचा वडा नं १० बस्ने कुमार पुरी, हेमबहादुर थापा, ध्रुव अधिकारी, यामकुमार प्रधान र सुन्दरहरैंचा १२ बस्ने डम्बरराज बस्नेत रहेका छन ।

प्रहरीले आइतबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *