मुख्य समाचार समाचार

ठगी आरोपमा सुन्दरहरैंचाका टंकप्रसाद पक्राउ

सुन्दरहरैंचा । प्रहरीले ठगी आरोपमा मोरङको सुन्दरहरैंचा नगरपालिका ८ बस्ने एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्यापिटल मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ८ घर भई हाल काठमाडौ टोखा नगरपालिका ५ धापासी बस्ने टंकप्रसाद सुवेदी रहेका छन ।

माल्टा पठाइदिन्छु भन्दै सुवेदीले एकजना पिडितबाट तीन लाख ठगी गरेको आरोप लागेको छ । प्रतिष्ठित होटलमा मासिक रु ८० हजार तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी ठगी गरेको आरोप सुवेदीलाई छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले सुवेदीलाई काठमाडौँ बसुन्धराबाट पक्राउ गरेको हो ।

त्यस्तै प्रहरीले झापा विर्तामोड नगरपालिका ४ बसे हाल ललिपतुर महानगरपालिका–१५ सातदोबाटो बस्ने ३४ वर्षीय विक्रम दाहाललाई समेत पक्राउ गरेको छ । दाहालले एकजना पिडितबाट मासिक एक लाख तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी आठ लाख नब्बे हजार ठगी गरेको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *