कोशी प्रदेश मुख्य समाचार

बलात्कार आरोपमा सुन्दरहरैंचाबाट एकजना पक्राउ

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाबाट प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीले वडा नं ९ बस्ने २४ वर्षीय श्याम बर्देवालाई सोमबार राती पक्राउ गरेको हो ।

बर्देवाले बिहे गर्ने प्रलोभन देखाएर १४ वर्षीया बालिकालाई बारम्बार बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ईलाका प्रहरी कार्यालय विराटचोकबाट प्रहरी नायव निरीक्षक नीरबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले बर्देवालाई उनकै घरबाट पक्राउ गरेको हो ।

घटनाको थप अनुसन्धान ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहाल नेतृत्वको टोलीले गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *