कोशी प्रदेश मुख्य समाचार

कानेपोखरीको जङ्गलमा एक पुरुष मृत फेला

कानेपोखरी । कानेपोखरी गाउँपालिका–५ का एक पुरुष जङ्गलमा मृत अवस्थामा फेला परेका छन्।निगुरो टिप्न भनी घरबाट हिँडेका ५२ वर्षीय जितलाल राजवंशी मङ्गलवार बिहान कानेपोखरीस्थित राष्ट्रिय वन क्षेत्रमा मृत फेला परेका हुन्।

राजवंशी यही जेठ २ गते बिहान ७ः३० बजे घरबाट निगुरो टिप्न भन्दै निस्किएका थिए। तर, उनी त्यसपछि घर नफर्किएपछि परिवारले खोजतलास सुरु गरेको थियो।

खोजी गर्ने क्रममा जेठ ६ गते बिहान ११ बजे घरदेखि करिब ५ किलोमिटर उत्तरतर्फ कानेपोखरी ७ स्थित राष्ट्रिय वनभित्र उनको शव फेला परेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *