
सुन्दरहरैंचा । भुमी आयोग मोरङको अध्यक्षमा नवीन पौडेल नियुक्ती भएका छन । सोमबार भूमि व्यवस्था मन्त्रालयले पौडेललाई मोरङ अध्यक्षमा नियुक्ती गरेको हो ।


मन्त्रालयले सोमबार ७१ जिल्लाहरूमा आयोगका अध्यक्षको नियुक्ति गरेको हो । नियुक्तिसँगै उनीहरूको शपथ ग्रहण समेत भएको छ ।

सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रको सभाहल नयाँबानेश्वरमा आयोजित कार्यक्रममा भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले नवनियुक्त अध्यक्षहरूको शपथ गराएका थिए ।









