कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा हात्तीको गोली हानी हत्या

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका १० जनजागरण सामुदायिक वन क्षेत्रमा सोमबार एक जंगली हात्ती मृत फेला परेको छ। वडा नं १० स्थित मुनाल झोडामा जंगली हात्ती मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ ।

अन्दाजी १०/१२ वर्ष उमेरको भाले हात्ती मृत अवस्थामा भेटिएको छ ।  मृत अवस्थामा भेटिएको हात्तीको दाह्रा सुरक्षित रहेका छन् । पुच्छर भने काटिएको अवस्थामा रहेको एक प्रत्यक्षदर्शीले बताए ।

केही दिनयता जंगली हात्तीको समूह उत्तरी मोरङका विभिन्न सामुदायिक वन क्षेत्रमै घुमिरहेका छन । आज मृत अवस्थामा भेटिएको हात्तीको घाँटी छेउमा प्वाल र रगत देखिएको छ । हात्तीलाई गोली हानेर मारिएको डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले बताए । घिमिरेले हात्तीको शरिरबाट गोली निकालिएको बताए ।

घिमिरेका अनुसार सोमबार राती १२ बजे पछि हात्तीलाई गोली हानिएको हुन सक्ने बताए । स्थानियका अनुसार बिहान करिब ४ बजे तिर ठूलो केही वस्तु पड्किएको आवाज सुनिएको थियो । मृत अवस्थामा भेटिएको हात्तीको स्थान देखि करिब ३/४०० मिटर नजिकै घना वस्ती रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *