कोशी प्रदेश मुख्य समाचार

हात्ती मारेको क्षेत्रमा हात्तीले मच्चाए वितण्डा

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा वडा नं १० जनजागरण सामुदायीक वन भित्र सोमबार बिहान एक हात्तीको गोली हानी   हत्या गरिएको छ ।

राति हात्तीले क्षति पुर्‍याएको स्थान र हात्ती मारेको स्थान नजिकै रहेको छ। आफ्नो समुहको हात्तीलाई मारिएपछी हात्ती आक्रमक भएको हुन सक्ने डिभिजन वन कार्यालय मोरङले जनाएको छ।  

सोमबार बेलुका हात्तीले सुन्दरहरैंचाको वडा नं ७ मा रहेको पुर्वाञ्चल विश्वविद्यालय र सोही स्थानमा रहेको लेखनाथ प्रसाईले लगाएको केरा खेतीमा क्षति पुर्‍याएको छ । पछिल्लो समय उत्तरी मोरङको सामुदायिक वन क्षेत्रमा हात्ती प्रवेश गरे सगै मानिसहरु भने त्रसित भएका छन ।

दिनहुँ जसो वन क्षेत्र नजिकै बसोबास गर्ने मानिसहरु रातको समयमा सामुहिक रुपमा जाग्राम बसेर हात्ती धपाउने प्रयासमा  छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *