
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र गगन थापा बीच ११ महिनापछि भेटवार्ता भएको छ। कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको भेट चर्चामा रहेको छ ।


१४ औं महाधिवेशनपछि चिसिएको सम्बन्धपछि दुबै नेताबीच यो पहिलो पटक प्रत्यक्ष संवाद भएको हो । भेटमा हालको राजनीतिक परिस्थिति, कांग्रेसको संगठनात्मक स्थिति र १५ औं महाधिवेशनको तयारीका विषयमा छलफल भएको थियो।

दुबै नेतालाई सभापति उम्मेदवारका रूपमा हेरिएको छ। नेता कोइरालाको कार्यलयमा भएको भेटले पार्टीभित्र लामो समयदेखि देखिएको चिसोपन हटाउँदै संवाद र सहकार्यको नयाँ बाटो खोल्ने अपेक्षा गरिएको छ।









