मुख्य समाचार स्वास्थ्य

नोबेलको सहयोगमा स्वास्थ्य शिविर सम्पन्न

विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड विराटनगरको प्राविधिक सहयोगमा भएको निशुल्क स्वस्थ्य शिविरमा १७ सय ५ जनाले सेवा लिएका छन ।हिजो चैत १९ गते मंगलबारका दिन भद्रपुर १० चन्द्रगढी झापाको वीरेन्द्र बहुमुखी क्याम्पसको प्राङ्गणमा भएको निशुल्क स्वास्थ्य शिविरमा १७ सय ५ जनाले सेवा लिएका हुन ।

निजामती कर्मचारी संघले आयोजना गरेको एकदिने स्वास्थ्य शिविरमा मुटु रोग १७५, जेनरल मेडिसिन ३२५, हाडजोनी तथा नशा रोग २७६, नाक कान घाँटी रोग ११५, स्त्री तथा प्रसुति रोग १६६, शल्यक्रिया चिकित्सा परामर्श २९, बाल रोग ३६, दन्त रोग ८० जना १५ जनाको दाँत खोलियो, आँखाको जाँच २०८, रेडियोलोजी सेवा (भिडियो एक्सरे)९५, मुटुको जाँच इ.सी.जी.४८, प्रयोगशाला रगत (पिसाब जाँच) १५२ जनाले सेवा लिएका थिए ।

नेपाल निजामती कर्मचारी संघ झापा का अध्यक्ष हिरण्य प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोख्रेल रहेका थिए ।नोबेल मेडिकल कलेजका हस्पिटल डाइरेक्टर तथा मुटु रोग विशेषज्ञ डाक्टर राजेश नेपाल, नेपाल निजामती संघ उपाध्यक्ष युवाचन्द्र घिमिरे, विशिष्ट अतिथि नेपाल निजामति संघ केन्द्रीय सचिव तेज प्रसाद भण्डारी, विशिष्ट अतिथि भद्रपुर नगरपालिकाका उपप्रमुख श्री राधा कार्की, बृहत निःशुल्क स्वास्थ्य शिविरमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *