
बेलबारी । मोरङको बेलबारी नगरपालिका–५ कसेनी बजारमा भएको आगलागी पिडित परिवालाई बेलबारी उद्योग वाणिज्य संघले राहत सामग्री हस्तान्तरण गरेको छ । बिहिवार विहान व्यवसायी विद्यानन्द भगतको २ तले घरमा अचानक आगलागी हुँदा करोड भन्दा बढिको क्षती थियो ।


उक्त घटना प्रती बेलबारी उद्योग वाणिज्य संघले दुःख व्यक्त गर्दै केहि सहयोग सामग्री हस्तान्तरण गरेको बेलबारी उद्योग वाणीज्य संघका अध्यक्ष भेषकुमार श्रेष्ठ(अशोक)ले जानकारी दिए । भगतको घरमा भाँडा, किराना र सनपाटको पसल थियो । स्थानीय, प्रहरी र विभिन्न ठाउँबाट आएका दमकलको सहयोगमा लगभग डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यलय बेलबारीका अनुसार आगोले घरसहित घरमा सञ्चालित पसलमा रहेका सामानहरु जलेका छन् । आगालागीमा करिब एक करोड भन्दा धेरैको क्षति भएको भगतको भनाइ छ ।
घटनामा मानवीय तथा चौपाया क्षति नभएको जनाइएको छ । प्रहरीका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरेको छ ।









