मुख्य समाचार राजनीति

काङ्ग्रेसले चुनाव होइन, राष्ट्रको हित हेर्छ : गगन थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले कांग्रेसको प्राथमिकता सधैं राष्ट्रको हित रहेको बताएका छन्। उनले कांग्रेसले चुनावी परिणामभन्दा ठूलो हित राष्ट्रको समावेशी एकता र स्थायित्वलाई मानेको स्पष्ट पारे।

कास्की काङ्ग्रेसको रुपा गाउँपालिकाको दोस्रो पालिका सम्मेलनलाई सम्बोधन गर्दै थापाले भने, “हिजो द्वन्द्वकालमा कांग्रेसका कार्यकर्ताहरूले आफ्नो ज्यान गुमाए, तर राष्ट्रको हितको विरुद्धमा कहिल्यै गएनन्। उनीहरूले चुनाव हेरेनन्, देशको भविष्य हेरे।”

थापाले मधेश आन्दोलनको प्रसंग उठाउँदै कांग्रेसले आफ्नो तत्कालीन राजनीतिक लाभभन्दा पर गएर समावेशी लोकतन्त्रको पक्षमा निर्णय लिएको स्मरण गराए। “शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा यदि कांग्रेसले चुनावको मात्रै सोचेको भए, मधेशका जनतालाई राजनीतिक मूलधारमा ल्याउन सकिने थिएन,” उनले भने।

उनका अनुसार, मधेशमा कांग्रेस बलियो राजनीतिक शक्ति हुँदाहुँदै पनि जनमत घट्ने डर हुँदासमेत पार्टीले राष्ट्रको हितलाई प्राथमिकता दिएको थियो। “हामीलाई थाहा थियो, यसबाट तत्काल फाइदा नहुन सक्छ, तर राष्ट्रलाई एक बनाउन त्यो आवश्यक थियो,” थापाको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *