कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैँचामा विपन्न परिवारका लागि घर निर्माण

सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिका, लुमन्ति आवास परियाेजना समूह, सेलाविपकाे सहकार्यमा सुन्दरहरै‌चामा अति विपन्न परिवारकालागि ५० वटा घर निर्माण गरी हस्तान्तरण गरिएको छ ।

गत आर्थिक वर्षमा सम्झौता भई  निर्माण भएका साे  घर बिहिवार वडा नम्बर १२ काे युनिक टाेलमा एक कार्यक्रम गरी  हस्तान्तरण गरिएको हाे । वडा नम्बर १२मा १६ वटा घर निर्माण भएको छन् भने बाँकी वडा नम्बर १, २, ७, ११ मा निर्माण भएका छन् ।  केही घर एक हप्ता भित्र निर्माण सम्पन्न हुने लुमन्ति आवास परियाेजना फिल्ड संयाेजक लक्ष्मी राईले बताईन् । 

कार्यक्रममा बाेल्दै नगरप्रमुख केदारप्रसाद गुरागाईले नगरपालिकाकाे समेत लगानीमा निर्माण भएका घर विपन्नकालागि सहयाेग भएको बताए । यस्तै शिक्षा स्वास्थ्य र सरसफाइमा समेत ध्यान दिनुपर्नेमा जाेड दिए । खासगरी बालबालिकालाई अनिवार्य विद्यालय पठाउनुपर्ने यसकालागि परिवारले सहयोग गर्नुपर्ने उनकाे भनाइ थियाे ।

२ काेठा, टिनकाे घानाे भएका प्रतिघर १ लाख ९० हजार  निर्माण सम्पन्न भएको हाे । जसमा नगरपालिकाले ५० हजार प्रतिघर सहयाेग गरेको छ भने लुमन्तिकाे १ लाख ४० हजार सहयाेगमा आवास घर निर्माण भएको हाे ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *