कोशी प्रदेश मुख्य समाचार

बेलबारी उद्योग वाणिज्य संघको साधारणसभा सम्पन्न

बेलबारी । बेलबारी उद्योग संघको पाँचौ वार्षीक साधारणसभा सम्पन्न भएको छ । शनिवार सम्पन्न साभारणसभामा बेलबारीका व्यवसायीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

साभारणसभामा बोल्दै बेलबारी नगरपालीकाका प्रमुख दिलप्रसाद राईले ‘स्थानीय व्यसायीको पक्षमा जागरुक देखिएको उद्योग   वाणिज्य   संघको प्रशंसा गर्दै, संघ संग नगरपालिकाको सदैव साथ र सहयोग रहने’ बताउनुभयो । प्रमुख अतिथिका रुपमा रहेका मेयर राईले खस्कीदो बेलबारीको बजारलाई उठाउन व्यवसायीक वातावरण बनाउन नगर तत्पर रहेको बताउनुभयो ।

मोफसलमा रहेर पनि व्यवसायीहरुको आवाज उठाउन सफल बेलबारी उद्योग वाणिज्य संघको प्रशंसा गर्दै बेलबारीलाई महासंघको सदैव साथ र सहयोग रहने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताउनुभयो । बिभिन्न स्थानमा भईरहेका व्यवसायीक मेला, महोत्सलाई कतै नजुद्ने गरी वार्षिक क्यारेण्डर बनाएर गर्नसके अझ व्यवस्थीत हुने अध्यक्ष राजेन्द्र राउतले बताउनुभयो ।

कार्यक्रममा विभिन्न शिर्षकमा ६ जना व्यवसायीहरुलाई सम्मान समेत गरिएको थियो । नियमित सदस्यता नविकरण तर्फ अनिल कुमार चौधरी र चन्द्रहाङ लिम्मू, उद्योग तर्फबाट गणेश चौधरी, वाणिज्य तर्फ राधाकृष्ण श्रेष्ठ, कृषि उद्यमी तर्फ सुवास राई र महिला उद्यमी तर्फ मिरा खड्कालाई सम्मान गरिएको थियो । साथै संघले दिपक बुढाथोकिलाई कदरपत्र द्धारा सम्मान गरेको थियो ।

कार्यक्रम संघका अध्यक्ष भेषकुमार श्रेष्ठ (अशोक)को अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा बेलबारीका उद्योगी व्यवसायीको बाक्लो उपश्थिती रहेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *