
सुन्दरहरैंचा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा टेस्टट्युब बेबीको सरकार रहेको बताएका छन । नेपाली काङ्ग्रेस मोरङको प्रथम ऐतिहासिक जिल्ला सम्मेलनमा उनले सो कुरा बताएका हुन ।


कार्कीले टेस्टट्युब बेबी सरकार भनेको विद्रोह गरेरै आउने बताएका छन । उनले कोशी प्रदेशमा काङ्ग्रेसको सरकार बनेको बताएका छन । कार्कीले आफुले विद्रोह गरेर आएको नबुझिदिन नेता र कार्यकर्तामा आग्रह गरेका छन । कार्कीले काङ्ग्रेसले निर्माण गरेको संविधानको धारालाई टेकेर आफु मुख्यमन्त्री बनेको बताएका छन ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा सरकार चलाउन कसै सग सम्झौता नगरने र कसैको आदेश पनि नमान्ने बताएका छन । उनले यो सरकार नेपाली काङ्ग्रेसका हरेक गाउमा बस्ने मनिसहरुको शिर ठाडो बनाउन सक्ने सरकार बन्ने बताए । उनले कोशी प्रदेशमा नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाको प्रत्यक्ष निगरानीमा रहेकोले यो सरकार अनुशासित सरकार समेत बन्ने बताए ।









