मुख्य समाचार समाचार

रसुवागढीे सुरुङमा कोही फेला परेनन्

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण प्रभावित भएको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी पूरा भएको छ ।

त्यहाँ खोजी गर्दा कुनै मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार सुरुङ करिब २५० मिटर लम्बाइको रहेकामा खोजी टोली २२५ मिटरसम्म भित्र पुगेको थियो ।

तर सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्किएको छ । टोलीले सुरुङभित्र ड्रोन प्रयोग गरेर खोजी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *