कोशी प्रदेश मुख्य समाचार

लेटाङ एडभान्स हेल्थ केयरको दोस्रो बार्षिक उत्सव सम्पन्न

लेटाङ । लेटाङ नगरपालिका वडा नं. ३ मा रहेको लेटाङ एडमान्स हेल्थ केयर सेन्टरको स्थापनाको २ बर्ष पुगेको अवशरमा दोस्रो वार्षिक उत्सव मनाएको छ ।

लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र लावतीको प्रमुख आतिथ्यता तथा वडा नं. ४ का वडा अध्यक्ष राम कुमार श्रेष्ठ, कार्यपालिका सदस्य चम्पा थापामगर लगायतको आतिथ्यतामा कार्यक्रम समेत गरेको छ ।

स्वास्थ्य सम्वन्धी सप्ताहा व्यापी कार्यक्रम गरेको उक्त अस्पतालले आज विशेषज्ञ डाक्टर सहित निशुल्क रोग परिक्षण तथा उपचार गरेको छ । तिलगंगा आखा अस्पताल र गोल्छा आँखा अस्पताल संगको सहकार्यमा अस्पतालले आखाँको पर्दा, चस्मा बितरण, सुगर प्रेसर रोग विशेषज्ञ बाट परिक्षण तथा डिजिटल एक्सरे समेत निशुल्क गरेको हो ।

आज अस्पतालमा भएको उपचारमा आखाँ ३ सय ५६ जना,हाडजोर्नी ६० जना,सुगरप्रेसर ६४ जना, डिजिटल एक्सरे ४० जना साथै सुगर, कोलेस्ट्रोल क्रिटिनाईन परिक्षण १४० जना गरि ६६० जनालाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको साथै ति मध्ये ८ जनाकाे निशुल्क अपरेशनका लागि विराटनगर गाेल्छा अस्पताल लगिएकाे संचालक ईश्वर शाक्यले जानकारी दिनुभयो ।

लेटाङका विभिन्न ठाउँँमा पुगेर अस्पतालले विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रम निशुल्क प्रदान गरेको थियो । कार्यक्रम उक्त अस्पतालका संचालक सिताराम लुईटेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *