
काठमाडौ । रेखा थापाले निर्माण गरेको चलचित्र ‘उपहार’ को गीत सार्वजनिक भएको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको सो चलचित्रको ‘वाह वाह वाह’ बोलको एउटा गीत शुक्रबार सार्वजनिक भएको हो ।


शंकर अधिकारी घायलले लेखेको सो गीतमा बाबुल गिरी र एलिना चौहानको आवाज सुन्न सकिन्छ भने बाबुल गिरीले नै संगीत गरेका हुन् । कविराज गहतराजले नृत्य निर्देशन गरेको सो गीतको छाँयाङ्कन विष्णु कल्पितले गरेका हुन् ।

रेखा थापा र मुकुन भुषाल, पूजा शर्मा र समर्पणजंग कार्की, बेनिशा हमाल र तेज गिरीलगायत अभिनित सो चलचित्र आगामी फागुन २५ गते प्रदर्शनमा ल्याउने तयारी रहेको बताईएको छ ।









