
सुन्दरहरैचा । कामना सेवा विकास बैंकले आफ्नो १७ औ वार्षिकोत्सबको अवसर पारेर विभिन्न सप्ताह व्यापी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सबको अवसर पारेर सोमबार विराटचौकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।


बैंकले आयोजना गरेको रक्तदान कार्यक्रममा ४० प्रीन्ट रगत संकलन भएको छ । सामाजिक उतरदायित्व कार्यक्रम मार्फत बैंकले विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आएको छ । बैंकले सुन्दरहरैचा नगरपालिका वडा नं १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसलाई आर्थिक सहयोग समेत गरेको छ । बैंकले सोमबार क्याम्पसलाई छात्रवृत्ति स्वरूप रू ५० हजारको चेक हस्तान्तरण गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाईँ रहेका थिए ।









