
सुन्दरहरैंचा । माघ ३० गते देखि शुरु भएको सुन्दरहरैंचा विराट एक्स्पो-४ मा आज शुक्रबार चौथो दिन पप गायक मिस्टर डिको प्रस्तुति रहने भएको छ ।


फागुन १० गते सम्म आयोजना हुने उक्त एक्स्पोमा रात्रीकालिन सांस्कृतिक कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ । एक्स्पोमा दिउँसो स्थानिय कलाकारहरूको प्रस्तुति रहने छ भने विभिन्न संघसंस्थाले एक्स्पो स्थल भित्र समेत दैनिक विभिन्न कार्यक्रम आयोजना गर्नेछन ।










