
सुन्दरहरैंचा । सुन्दरहरैंचा उधोग वाणिज्य संघको आयोजनामा हुने सुन्दरहरैंचा विराट एक्स्पो-४ को तयारी तीव्र गतिमा भइरहेको छ । चौथो संस्करणका रूपमा यसपटकको सुन्दरहरैंचा विराट एक्स्पो औधोगिक पर्दशनी स्थल विराटचौकमा माघ ३० गते देखी फागुन १० गते सम्म हुनेछ ।


सार्वजनिक शौचालय निर्माणका लागि संघले एक्स्पोको आयोजना गरेको हो । सुन्दरहरैंचामा क्रियाशील ४ साहित्यिक संस्थाले संयुक्त रुपमा साहित्यिक कार्यक्रमको व्यवस्थापन गर्न लागेका छन । फागुन ३ गते शनिबार साहित्यिक उत्सव हुने भएको हो ।

साहित्यिक कार्यक्रमअन्तर्गत कविता, गजल र मुक्तक वाचनका कार्यक्रम हुने एक्स्पो आयोजक संस्था सुन्दरहरैंचा उद्योग वाणिज्य संघले जनाएको छ । दिउँसो १२ बजेदेखि हुने साहित्यिक उत्सवअन्तर्गत झापा, मोरङ र सुनसरीका ८ जना कवि तथा ७ जना गजलकार र ७ जना मुक्तककारले आफ्ना रचना वाचन गर्ने आयोजकले जनाएको छ ।









