कोशी प्रदेश मुख्य समाचार राजनीति

मोरङमा ओलीलाई चुनौती, ढकाल समुहको अग्रता

सुन्दरहरैंचा । मोरङ एमालेको १० औँ अधिवेशनको निर्वाचनको मतगणना शुरु भएको छ । मतपरिणाम अनुसार सबै पदाधिकारीमा विनोद ढकाल समूहका अजम्बर राई अगाडि देखिएका छन् ।

१० औ अधिवेशनमा मोरङमा केपी ओली समूह र विनोद ढकाल समूह दुई लाइनमा देखिएका छन् । ढकालको समूहलाई विधादेवी भण्डारीको समूह रहेको बुझिएको छ ।

मतपरिणाम अनुसार ढकाल समूहका अध्यक्ष पदका उम्मेद्वार अजम्बर राईले  ९८ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी केपी ओली समूहका राजकुमार ओझाले  ८४ मत ल्याएका छन् । त्यस्तै उपाध्यक्ष पदमा ढकाल समूहका सागर थापाले ९८ मत ल्याएका छन् भने ओली समूहका शान्ती लिम्बुले ७७ मत ल्याएकी छिन । सचिवमा ढकाल समूहका सोमराज थापाले ९६ मत ल्याएका छन् भने ओली समूहका रविन थापाले ७८ मत ल्याएका छन् ।

त्यस्तै उपसचिवमा ढकाल समूहका सन्तोष वान्तवाले १०५ मत ल्याएका छन् भने ओली समूहका इंजताल राजवंशीले ६८ मत ल्याएका छन् । उपसचिव महिलामा ढकाल समूहका उषा झाले ९३ मत ल्याएकी छिन भने ओली समूहका शिला कार्कीले ८२ मत ल्याएकी छिन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *