कोशी प्रदेश मुख्य समाचार

मेन्छ्याम सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको मेन्छ्याम बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीको वडा नं १० मा रहेको पानस पार्टी प्यालेसमा साधारणसभा सम्पन्न भएको हो ।

सुन्दरहरैंचा नगरपालिकाका नगर प्रवक्ता रोशनप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सहकारीको साधारणसभा सम्पन्न भएको हो । प्रमुख अतिथी ढकालले सहकारीले नागरिकको आर्थिक समस्यालाई समाधान गर्न तर्फ महत्त्वपूर्ण भुमिका खेलेको बताएका छन । उनले हिजो जनताको दैनिकिलाई सहज बनाउन भुमिका खेल्ने सहकारीलाई बचाउनुपर्ने अवस्था अहिले आउन थालेको उनले बताए । उनले सहकारीलाई नियमन गर्न नगरपालिकाले ऎन निर्माण समेत तयार गरेर अनुगमन गर्दै आएको बताए ।

संस्थाको हाल सम्म शेयर पुंजी  १ करोड ८० लाख ४६ हजार ८ सय रुपैया रहेको छ । गत वर्ष यस सहकारीको शेयर पुंजी रकम २ करोड ४ लाख ३५ हजार रकम रहेको थियो । त्यसै गरि यस संस्थाको चालू आर्थिक वर्षको खुद नाफा १३ लाख ५ हजार रुपैया रहेको छ ।

यस सहकारी संस्थामा हाल सम्पन्न ११४६ जना शेयर सदस्यहरु रहेका छन । जसमा ४५८ जना महिला र ६८८ जना पुरुष रहेका छन । सहकारीले यस वर्ष उत्कृष्ट बचतकर्ता, जेष्ठ सदस्य, असल ऋणी, उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *