
केराबारी । केराबारी गाउपालिकाले अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न वडा नं ९ स्थित बेलचौरीमा निस्सा वितरण गरिएको छ । केराबारी गाउपालिका अध्यक्ष सुमन मिरिङचिङ, उपाध्यक्ष मनमाया मगर, निवर्तमान अध्यक्ष रोहित बहादुर कार्कीको उपस्थितिमा भूमिहीन सुकुम्वासीहरुलाई निस्सा वितरण गरेको हो ।


सो अवसरमा अध्यक्ष सुमन मिरिङचिङले भूमि आयोगसँगको समन्वयमा गाउपालिकाभित्रका सबै सुकुम्वासीलाई आवश्यक प्रक्रिया पूरा गरी जग्गाको लालपुर्जा वितरण गर्ने बताए । सबै राजनीतिक दल, जनप्रतिनिधि र स्थानीय तहले आवश्यक समन्वय गर्ने हो भने सबै सुकुम्वासी र भूमिहीनलाई निस्सा वितरण गरी लालपुर्जा वितरण गर्न कुनै समस्या नबहेको अध्यक्ष मिरिङचिङले बताएका छन ।










