
विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकालले मनोनयन दर्ता गरेका छन् । रामप्रसाद दङ्गालको प्रस्ताव र छत्रपति प्याकुरेलको समर्थनमा खतिवडाले मनोनयन दर्ता गराएका हुन् ।


मुकेश बुढाथोकीको प्रस्ताव र महेश भट्टराईको समर्थनमा ढकालले मनोनयन दर्ता गरेका हुन् । शुक्रबार देखि सुरू भएको अधिवेशनको निर्वाचनको समय भने भोलिका लागि तोकिएको छ ।

प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन्। एमाले कोशी प्रदेश समिति पदाधिकारीसहित २१५ सदस्यीय हुनेछ। शुक्रबार सुरू भएको कोशी अधिवेशनमा ९९७ जना प्रतिनिधि सहभागी छन्।









