
सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ९ स्थित विराटचौकमा बेम्बो म:म हाउस सञ्चालनमा आएको छ । विराटचौकमा आज बिहीवार देखी बेम्बो म:म हाउस सञ्चालनमा आएको हो । इटहरीको मुख्य बजारमा रहेको बेम्बो म:म हाउसको शाखा सुन्दरहरैचाको विराटचौकमा समेत सञ्चालनमा आएको हो ।


म:म पारखिहरुलाई लक्षित गरेर खोलिएको बेम्बो म:म हाउसमार्फत म:म को स्वाद लिन चाहने सबैलाई अधिकतम सेवा सुबिधा दिने बेम्बो म:म हाउस विराटचौकका सञ्चालक नवराज खतिवडाले बताए । उक्त म:म हाउसमा विभिन्न स्वादमा म:म का परिकारहरु पाइने खतिवडाले बताए ।

“इटहरीमा बेम्बो म:म हाउस लोकप्रिय रहेको छ त्यहिको स्वादमा विभिन्न परिकारमा विराटचौकमा बेम्बो म:म हाउस सञ्चालनमा ल्याइएको हो ।” खतिवडाले भने । विराटचौकमा रहेको कर कार्यालय जाने बाटोमा बेम्बो म:म हाउस सञ्चालनमा आएको हो ।









