खोज्दै जाँदा मुख्य समाचार विजनेश

दुवईमा चम्किँदै नेपाली युवा: विनोद भट्टराईको ‘भिक्टोर रियल स्टेट’ उद्यम

दुवई । नेपाली युवाहरू विदेशमा संघर्ष गर्दै आफ्नो पहिचान बनाइरहेका बेलामा, मोरङ सुन्दरहरैंचाका विनोद भट्टराईले दुवईमा उल्लेखनीय सफलता हासिल गरेका छन्। उनले दुवईमा नयाँ रियल स्टेट कम्पनी “भिक्टोर रियल स्टेट” को स्थापना गरी, खासगरी नेपालबाट आएका कामदार तथा युवा वर्गलाई लक्षित सेवा सुरु गरेका छन्।

विदेशमा बसेका नेपालीहरू विशेषगरी दुवई पुगेका व्यक्तिहरूलाई आवासको समस्या झेल्नु परिरहेको अवस्थामा, भट्टराईले आफ्नो कम्पनीमार्फत २५% कम शुल्कमा कोठा उपलब्ध गराउने व्यवस्था गरेका छन्। साथै, दुवई आउन चाहने नेपालीहरूलाई भिसा प्रक्रिया सहज र भरपर्दो बनाउने योजनासमेत उनले अघि सारेका छन्।

विनोद भट्टराई किवानिस क्लब सुन्दरहरैंचाका पूर्व अध्यक्ष, इन्द्रपुर जेसिजका पूर्व कार्यकारिणी उपाध्यक्ष, र जुडि प्राविका अध्यक्ष समेत रहिसकेका छन्।

“देशको माटोको माया कहिल्यै टाढा हुँदैन,” भट्टराई भन्छन्, “दुवईमा बसेर पनि नेपाली समुदायलाई सहजता र स्वदेशी उत्पादनको बजार विस्तार गर्न सक्नु मेरो लागि गर्वको विषय हो।”

भट्टराईले रियल स्टेट क्षेत्रमै सीमित नरही, नेपालबाट उत्पादित वस्तुहरूलाई दुवई लगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने योजना अघि सारेका छन्। यसले एकातिर स्वदेशी उत्पादनको प्रवर्द्धन हुनेछ भने अर्कोतिर नेपाली अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने भट्टराईले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *