मुख्य समाचार विजनेश

नबिल बैंकको शाखा कार्यालय गाेठगाउँमा

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ७ मा नबिल बैंकको शाखा विस्तार भएको छ । शुक्रबार बैकले गोठगाउमा आफ्नो शाखा विस्तार गरेको हो ।

गाेठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय परिसरमा नबिल बैंकको २६६ औँ शाखा खुलेको हो । बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाँउमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ । नबिल बैंकका संचालक पौड्यालले पुर्वाञ्चल विश्वविद्यालय, गोठगाँउ क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए ।

गोठगाँउ शाखाको उद्घाटन प्रमुख अतिथी पुर्वाञ्चल विश्वविद्यालयका उप कुलपति प्रा.डा.यादव राज कोईराला, नबिल बैंकका संचालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रुपमा गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *