कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा बसको ठक्करबाट एकजनाको मृत्यु

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका ४ मा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । आइतबार बिहान पौने ५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ आउादै गरेको को १ ख ६१६९ नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेका साइकलयात्री सुन्दरहरैंचा ५ बस्ने वर्ष ५२ का केदार थापालाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संग्लग्ग बस चालक र बसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *