
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं १० स्थित खोर्साने उतर तर्फ रहेको बाघझोडामा शुक्रबार दिउसो स्कुटर र पिकअप दुर्घटना हुँदा एकजना घाइते भएका छन । केराबारी-खोर्साने सडक खण्डको बाघझोडामा शुक्रबार दिउसो स्कुटर र पिकअप गाडी एक आपसमा ठोक्किएको हो ।


शुक्रबार दिउसो केराबारी जादै गरेको प्रदेश १-०२-००२ च ४४१२ नम्बरको पिकअपले पुर्वबाट पश्चिम तर्फ आएको को २० प ९५९० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । स्थानियका अनुसार स्कुटरले बाटो क्रस गर्दा खेरी पिक अप गाडीले ठक्कर दिएको हो । ठक्करबाट स्कुटर चालक बेलबारी बस्ने वर्ष २३ को धनबहादुर श्रेष्ठ घाइते भएका छन ।

घाइते श्रेष्ठलाई उपचारको लागि विराटनगर स्थित नोबेल मेडिकल कालेज पठाइएको छ । पिकअप गाडी र स्कुटरलाई ईलाका प्रहरी कार्यालय विराटचौकले नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।









