मुख्य समाचार राजनीति

समयले जन्माउनेछ डा. शर्माको कर्म लेख्ने अर्को भानुभक्त

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो,
मो भानुभक्त धनी भई किन यस्तो ।।
आदिकवि भानुभक्त आचार्यका यी हरफहरूले आज पनि सम्झाइरहेका छन्,—मानिस पद, सम्पत्ति वा चुनावी जितले होइन, अरूका दुःखमा साथ दिएर ठूलो बन्छ । यस्ता कर्म तत्काल चर्चामा नआउन सक्छन्, तर समयले तिनको मूल्य अवश्य लेखेर राख्नेछ ।

मोरङको पथरी शनिश्चरे–८ स्थित पौडेल चौकमा देखिएको दृश्य यस्तै सन्देश बोकेको थियो । वर्षौंदेखि खोलाको धमिलो पानी पिउन बाध्य स्थानीयहरू पहिलो पटक धाराबाट आएको सफा पानी थाप्दै मुस्कुराइरहेका थिए । कतिपय वृद्धवृद्धाको आँखामा खुसीका आँसु टल्किरहेका थिए ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट करिब १० किलोमिटर दक्षिणमा रहेको यो बस्तीमा लामो समयदेखि खानेपानीको चरम समस्या थियो । खोलाको पानी नै जीवनको आधार बनेको थियो । तर केही समययता त्यो पानीमा पनि लेदो मिसिन थालेपछि समस्या झन् जटिल बन्दै गएको थियो । पिउने पानी नै असुरक्षित भएपछि स्थानीयहरू चिन्तित थिए ।

स्थानीय बबिता पौडेल भन्छिन्, “हामीलाई खानेपानीको धेरै दुःख थियो । खान मात्रै होइन, लुगा धुन पनि उत्तिकै गाह्रो थियो । हामीले गाउँको समस्या डा. सुनील शर्मालाई सुनायौं । त्यसपछि उहाँले हाम्रा लागि इनार बनाइदिनुभयो । अहिले धेरै सहज भएको छ ।” अर्की स्थानीय यशोदा थापा खत्रीका अनुसार गाउँमा कल भए पनि त्यसका लागि ५५–६० फिटसम्म खन्नुपथ्र्यो । त्यहाँबाट आउने पानी रातो र प्रयोग गर्नै नसकिने खालको थियो । “चिया पकाउँदा समेत हेर्न नसक्ने हुन्थ्यो, एक रात राख्दा कालो बन्थ्यो,” उनी भन्छिन् । “यो समस्या सुनाएपछि डा. शर्माले इनार खनिदिनुभयो । चुनाव हारेर गए पनि उहाँले गाउँ बिर्सनुभएन । हामी पनि उहाँलाई कहिल्यै बिर्सिने छैनौं ।”

स्थानीय चन्द्रप्रसाद पौडेल भन्छन्, “हामीले २०३५ सालदेखि खोलाकै पानी खाइरहेका थियौं । कल पनि गाड्यौं, तर राम्रो पानी आएन । पानीको व्यवस्था गरिदिन धेरै ठाउँ धायौं, तर कसैले वास्ता गरेनन् ।” गाउँलेको यो पीडा डा. शमले टुलुटुलु हेरेर मात्र बस्न सकेनन् । गाउँ पुगे । चुनाव हारिसकेपछि धेरैले जनताबाट दूरी बनाइरहेका बेला उनले भने गाउँलेका पीडा बिर्सेनन् । राजनीतिक जित–हारभन्दा माथि उठेर स्थानीयका लागि इनार निर्माणमा सहयोग गरे ।

आज त्यही सहयोगको परिणाम स्वरूप पौडेल चौकमा धाराबाट सफा पानी झरिरहेको छ । गाउँलेहरू भेला भएर उनलाई धन्यवाद दिइरहेका छन् । लामो प्रतीक्षापछि आफ्नै गाउँमा सफा पानी पिउन पाउँदा पौडेल चौकमा अहिले खुसी छाएको छ ।

डा. सुनील शर्मा अहिले चर्चा खोजिरहेका छैनन्, बस्, आफ्नो कर्म गरिरहेका छन् । समयले यस्ता कर्म कहिल्यै बिर्सँने छैन । आज उनी सेवा गर्दैछन्, भोलि उनका यिनै कर्म देख्न र लेख्न फेरि अर्को भानुभक्त अवश्य जन्मिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *