कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा हायसको ठक्करबाट  साईकल यात्रीको मृत्यु

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ५ स्थित दुलारीमा आइतबार दिउँसो हायस गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

पूर्व जाँदै गरेको बागमती प्रदेश ०८–००१ च ०४७ नम्बरको हायसको ठक्करबाटसडक पार गर्दै गरेका साइकल यात्री सुन्दरहरैँचा–४ का ४४ वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको हो। दिउँसो करिव ३ बजे हायसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

उपचारका क्रममा करिव साढे ४ बजे उनको मृत्यु भएको प्रहरील्र जनाएको छ । प्रहरीले हायस चालक झापाको भद्रपुर नगरपालिका–८ का २६ वर्षीय विशाल दासलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *