कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा कुकुर बन्ध्याकरण कार्यक्रम सुरु

सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकामा मंगलबारदेखि कुकुर बन्ध्याकरण कार्यक्रम सुरु गरिएको छ। नगरका १२ वटै वडाबाट कुकुरहरू संकलन गरी नगरपालिकाको पशु स्वास्थ्य शाखामा लगेर बन्ध्याकरण प्रक्रिया अघि बढाइएको हो।

कार्यक्रम अन्तर्गत २०० भन्दा बढी कुकुरहरूको बन्ध्याकरण गरिने योजना रहेको छ। मंगलबार साबिक सुन्दरदुलारी क्षेत्रका कुकुरहरूको बन्ध्याकरण गरिएको छ भने भोलि (बुधबार) साबिक कोशीहरैंचा क्षेत्रतर्फका कुकुरहरूमा बन्ध्याकरण गरिनेछ।

नगरपालिकाले जनस्वास्थ्य सुरक्षा तथा कुकुर व्यवस्थापनलाई ध्यानमा राख्दै यो अभियान सञ्चालन गरेको हो। कार्यक्रमलाई सफल बनाउन पशु स्वास्थ्य शाखा, स्थानीय वडाकार्यालयहरू तथा सरोकारवाला निकायहरूको समन्वयमा काम भइरहेको छ।

पशु पंक्षी प्रवर्दन शाखा सुन्दरहरैंचाको आयोजना तथा नेपाल एबि लाइभ स्टक  ट्रेनिङ्ग एण्ड रिसर्च सेन्टर इटहरीको प्राविधिक सहयोगमा  सामुदायिक कुकुरहरूलाई रेबिजविरुद्धको खोप लगाउने शिविर सञ्चालन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *