कोशी प्रदेश मुख्य समाचार राजनीति

सुन्दरहरैँचाकाे राजश्व शाखामा ताला

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकाले कर वृद्धि गरेकाे भन्दै स्थानीय आन्दाेलित भएका छन् । नगरवासीहरुले करवृद्धि विरूद्द संघर्ष समितिनै निर्माण गरेर विराेध जनाईरहेका छन ।

साे अन्तर्गत आइतबार नगरपालिका गेटमा नाराबाजी गर्दै भिडले राजश्व शाखामा ताला लगाएका छन् । सभामा बाेल्दै वक्ताहरूले नगरपालिकाले नागरिकको आवाजलाई बेवास्ता गरेकाे, संघर्षरत नगरवासीहरु सग छलफल तथा वार्ता गर्न अटेर गरेको भन्दै संघर्ष समितिले आईतवार नगरपालिकामा नाराजुलुश गर्दै नगरको राजश्व शाखामा ताला लगाएको हो ।

नगरले वार्ताको लागि पहल नगरे भोली देखी थप संघर्षको कार्यक्रमहरु आयोजना गरिने करवृद्धि विरूद्द संघर्ष समितिका संयोजक भक्तिप्रसाद सिटौलाले जानकारी दिए । उनले नगरले अझै वेवास्था गरेर वार्ताको माध्यमबाट समस्या समाधान गर्न नगरले वेवास्ता गरे वडामा रहेका राजश्व शाखाहरुमा समेत ताला लगाउन बाध्य हुने बताए ।

यता नगरपालिकाका नगरप्रवक्ता राेशनप्रसाद ढकालले वार्ता गर्न नगर तयार भएको भन्दै नगरमा ताला नलगाइदिन आग्रह गरेका छन । ढकालले भाेलिनै वार्ता गर्ने विषयमा कुरा भईरहेकाे बताएका छन । सुन्दरहरैँचा नगरपालिकाले कर वृद्धि गरेको भन्दै एक हप्ता देखी नागरिक आन्दोलनमा उत्रिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *