
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ४ स्थित त्रीवेणी रिसोर्ट जाने बाटोमा एक व्यक्ती मृत फेला परेका छन् ।


अन्दाजी करिब ३५ वर्षको पुरुष व्यक्ती मृत फेला परेको प्रहरीले जनाएको छ । मृतक व्यक्तिको पहिचान खुल्न बाकी रहेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेज दाहालको नेतृत्वमा थप अनुसन्धान भइरहेको छ ।









