खेल

एशिया कप: नेपालले आज पाकिस्तानसंग खेल्दै

काठमाडौँ । बुधबार (आज) देखि एशियाको क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता एसिया कप शुरु हुदै छ । आजदेखि शुरु हुने एशिया कपको फाइनल खेल सेप्टेम्बरमा प्रेमदासा स्टेडियम श्रीलंकामा हुने छ ।

पहिलो पटक एशिया कप खेल्न लागेको नेपालले उद्घाटन खेलमै आज पाकिस्तानको सामना गर्दै छ । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा हुने यो डे–नाइट खेल नेपाली समय अनुसार अपराहन्न ३ः ४५ देखि शुरु हुदै छ ।

एकदिवसीय फर्म्याटमा खेलिने एशिया कपको यो १६ औं संस्करण हुन लागेको हो । नेपालले एशिया कपमा पहिलो पटक आफ्नो सहभागिता जनाउन लागेकाले पनि नेपालमा यसको विशेष चासो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *