
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा क्रिकेट क्लब गठन भएको छ । शनिबार सुकुना बहुमुखी क्याम्पसमा भएको भेलाले इन्द्रपुर क्रिकेट क्लबको नयाँ समिति गठन गरेको हो ।


भेलाले प्रमेन्द्र केसीको अध्यक्षमा नयाँ समिति गठन गरेको हो । त्यस्तै भेलाले वरिष्ठ उपाध्यक्षमा सुमन कटवाल, उपाध्यक्षमा होम बहादुर पौडेल, सचिवमा सचिव रबिन कोइराला, सह-सचिवमा उज्ज्वल दाहाल, कोषाध्यक्षमा गंगाराम शाहलाई चयन गरेको छ ।

त्यस्तै क्लबको सदस्यमा रुपेश भट्टराई, विपिन ढकाल, असीम सुन्दास, अमन बस्नेत चयन भएका छन् । त्यस्तै क्लबको सल्लाहकार समिति सन्तोष लिम्बु, निर्जल भट्टराई, सुनिल खनाल, एलिश ओझा, कृष्ण घिमिरे, कृष्णमणि प्रसाईँ, शैलेस न्यौपाने चयन भएका छन् भने क्लबको संरक्षक समितिमा रोशन ढकाल र बिक्की थापा चयन भएका छन् ।









