
पाल्पा । पाल्पामा पहिरोले स्कारपियो पुरिंदा ३ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । तानसेन तम्घास सहायक राजमार्गको पाल्पा जोर्तेमा ढुङ्गासहितको पहिरोले लु १ ज ४६०० नम्बरको स्कारपियो गाडी पुरिंदा ३ जनाको घटनास्थमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


मृतकको सनाखत हुन भने बाँकी रहेको छ । तम्घासबाट बुटवलतर्फ जाँदै गरेको जीप आज बिहान करिब सवा ८ बजेको समयमा पाल्पाको जोर्तेमा पहिरोमा पुरिएको हो ।

पहिरो खस्दा पाल्पा–गुल्मी सडक खण्ड बन्द भएको छ। घाइते हरुको लुम्बिनी मेडिकल प्रभास पाल्पा उपचार लागि ल्याउँदै गरिएको छ।









