
विराटनगर । मोरङको विराटनगरमा रहेको नोबेल मेडिकल र काठमान्डौमा रहेको काठमान्डौ मेडिकल कलेज सामाजिक सुरक्षा कोषमा उत्कृष्ट बनेका छन् ।


छैटौँ सामाजिक सुरक्षा दिवस २०८० को अवसरमा स्वास्थ्य क्षेत्रबाट सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगार दाताहरुमध्ये आर्थिक वर्ष २०७९-८० मा योगदानकर्ताहरुको संख्याका आधारमा उत्कृष्ट रहन सफल भएको भन्दै नोबेल मेडिकल कलेजलाई प्रशंसापत्र प्रदान गरिएको हो ।

त्यस्तै बागमती प्रदेश अन्तर्गत कोषमा सूचीकृत योगदानकर्तालाई स्वास्थ्य सेवा प्रवाह गरेको संख्याको आधारमा उत्कृष्ट दुईभित्र रहन सफल भएको भन्दै केएमसीलाई प्रशंसापत्र प्रदान गरिएको हो । काठमाडौँमा विशेष कार्यक्रम गरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुई मेडिकल कलेजलाई सम्मान गरेको हो ।
दुवै मेडिकल कलेज नेपाली कांग्रेसका नेता एवं सांसद डा. सुनील शर्माका हुन् । शर्माले सम्हालेपछि दुवै अस्पतालले नागरिकलाई सहुलियतमा सेवा दिइरहेका छन् ।









