
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिका ९ मा रहेको झरना युवा क्लबले नगरकाे दुई विपन्न सामुदायिक विद्यालयलाई शैक्षिक तथा फर्निचरका समाग्री हस्तान्तरण गरेको छ ।


गरिब तथा निम्न आय भएका अभिभावकका छाेरीछारी पढ्ने नगरकाे वडा न. ११ मा रहेको जुडि आधारभुत विद्यालय तथा श्री राम आधारभुत विद्यार्थीलाई लक्षित गरि शैक्षिक तथा फर्निचरका समाग्री हस्तान्तरण गरिएको हाे । विद्यालयका लागि कम्प्युटर , खेलकुद समाग्री , फर्निचर , स्टेसनरी लगायत विद्यालयकाे आवश्यकता महसुस गरि पवित्र सेवाकाे भावनाले समान हस्तान्तरण गरिएको आयाेजक संस्थाका सदस्य भविन पाण्डेले उल्लेख गरे ।

गत फागुनमा सञ्चालन भएको विराटचाेक महाेत्सवमा खर्च भएर बाँकी रहेको रकमबाट रू ३ लाख ५० हजार मुल्य बराबरकाे शैक्षिक तथा फर्निचरका समाग्री हस्तान्तरण गरिएकाे कार्यक्रम आयाेजक क्लबका अध्यक्ष प्रलाद पाठकले बताए ।
उक्त सामग्री हस्तान्तरण कार्यक्रममा सुन्दरहरैँचा नगरपालिका नगरप्रमुख केदारप्रसाद गुरगाई, वडाका जनप्रतिनिथी, क्लबका पदाधिकारी र सदस्यहरु साथै विधालयका प्रअ तथा शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।









