कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाको हातेमालो सहकारीमा चोरी

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० मा रहेको हातेमालो बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडमा मंगलबार राती चोरी भएको छ ।  गए राती झ्यालको ग्रिल बङ्ग्याएर अफिस कार्यालयमा रहेको केही रकम चोरी गरिएको हो । बुधबार बिहान सुन्दरहरैंचा नगरपालिका वडा नं १० को कार्यालय खोल्दा झ्याल र दराजहरु खुल्ला भएको   पाईएपछि प्रहरीलाई खबर गरिएको थियो ।

हातेमालो सहकारीमा सुन्दरहरैंचा नगरपालिका वडा नं १० को वडा कार्यालय समेत रहेको छ । वडा कार्यालयको झ्याल फोडेर चोरी गर्ने व्यक्ती हातेमालो बहुउद्देश्यीय सहकारीको कार्यालाय रहेको तेस्रो तलामा पुगेको देखिन्छ ।

वडा कार्यालयको पिछाडी पट्टि रहेको झ्याल फोडेर चोरी गर्ने व्यक्तिले सिसि क्यामेराको हार्ड डिस्क लिएर गएको पाइएको छ । घटना स्थलमा अहिले ईलाका प्रहरी कार्यालय विराटचौकले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *